aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

भोलिदेखि सनराइज फस्ट म्युचुअल फन्ड निष्काशन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
भोलिदेखि सनराइज फस्ट म्युचुअल फन्ड निष्काशन हुने

काठमाडौं । सन्राइज क्यापिटल द्वारा व्यवस्थापन गरिने तथा सन्राइज बैंकद्वारा प्रवद्र्धन गरिएकोे सन्राइज फस्र्ट म्युचुअल फन्ड १० वर्षे बन्दमुखी योजना भोलिदेखि सर्वसाधारणलाई निष्काशन हुने भएको छ ।

१० रुपैयाँ अंकित दरको  १० करोड इकाईमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सन्राइज बैंकका लागि सुरक्षित राखी ८ करोड ५० लाख इकाई बुधबारदेखि सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरिने भएकोे हो । योजना व्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङबाट एएमसी–३३ रेटिङ प्राप्त गरेको छ । योजनाको कोष सुपरिवेक्षकमा पूर्व गृहसचिव चण्डीप्रसाद श्रेष्ठ, पूर्वडेपुटी गभर्नर कृष्णबहादुर मानन्धर, नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक बुद्घिप्रसाद आचार्य, न्यायधिवक्ता पूर्णमान शाक्य तथा चार्टर्ड एकाउन्टेन्ट सुधीर कुमार शर्मा रहेका छन् ।

सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औसत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औसत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस