aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन बितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असार २०८०
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन बितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ । बुधबार बैंकले आफ्नो शाखा कार्यालय पद्सरि मार्फत रुपन्देहीको सिद्धार्थनगर नपा वडा नं–०९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो ।

बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्यायलाई उक्त डस्टबिन हस्तान्तरण गरेकी थिइन्  सो वितरण कार्यक्रममा विद्यालयका तर्फबाट विद्यार्थीहरु, शिक्षकहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस