aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारीलाई सहज बनाउँदै विभाग, ब्याज भुक्तानी लिन साउन १५ सम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असार २०८०
सहकारीलाई सहज बनाउँदै विभाग, ब्याज भुक्तानी लिन साउन १५ सम्म छुट

काठमाडौं । सहकारी विभागले संस्थाहरुलाई साउन १५ गते भित्र ब्याज भुक्तानी गरेमा आय सुविधा छुट दिने भएको भएको छ । बिहिबार विभागले जारी गरेको ५ बुँदे निर्देशन सहितको सूचनामा यस्तो जनाएको हो । विभागले जारी गरेको सूचना अनुसार आर्थिक वर्ष २०७९/८० को व्याज श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आवको आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गरिने भएको हो ।

यसका साथै विभागले ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आवमा खराब ऋणीको सूचीमा नपरेका तथा कर्जा पूर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पूर्वतालिकीकरणको व्यवस्था गर्न सकिने छुट दिएको छ । 

उक्त सूचना मार्फत वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारीहरुलाई विभागले निर्देशन दिएको छ । 

त्यसैगरी, सहकारी संघ÷संस्थाले आफ्ना सदस्यहरूसँग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुन समेत विभागले निर्देशन दिएको छ । 

कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ÷संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको बजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्ने विभागले जनाएको छ ।

अर्थतन्त्रसँगै नेपालको वित्तीय क्षेत्रमा परेको असरका कारण सहकारीका सदस्यहरूको नियमित आय अवरुद्ध भई सहकारी संघ/संस्थाहरुको व्यवसाय समेत प्रभावित भएको हुदा सदस्यहरूको वित्तीय कारोबारलाई सहज बनाई सहकारी क्षेत्रको पूर्नः उत्थान गर्नको निर्देशन जारी गरेको विभागले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस