
काठमाडौं । सहकारीको उद्देश्य अनुसार सञ्चालन नभएका सहकारीलाई महानगरपालिकाले खारेज गर्ने सूचना जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै भनेको छ, ‘कुनै पनि संस्थाको विनियममा उल्लखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भाव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारणसभाको तत्काल कायम रहेको २ तिहाइ बहुमतले सदस्यको निर्णयबाट त्यस्तो संस्था विघटन गर्ने निर्णय गरि दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिनसक्नेछ ।’
महानगरले महानगरपालिमा दर्ता भइ सञ्चालनमा रहेका श्री जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी, सकुस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेजीको प्रक्रिया अघि बढेको जनाएको छ । यी सहकारीसँग सम्बन्धीत सदस्यहरुले १५ दिनभित्र सम्पर्क गरि आफ्नो हिसाव मिलान गर्न पनि महानगरले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस