काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले ब्लु बर्ड इन्टरनेशनल क्लिनिकमा छुट पाउने भएका छन् बिहिबार बैक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक मर्चेन्ट सम्झौता भएको हो ।
उक्त सम्झौता अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले काठमाडौं वडा नं – ११, त्रिपुरेश्वर स्थित ब्लु बर्ड इन्टरनेशनल क्लिनिकले प्रदान गर्ने डाक्टर परामर्श शुल्क बाहेक अन्य सेवाहरुमा १० प्रतिशतदसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उक्त सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस