aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न राष्ट्र बैंकको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राजस्व संकलन, चेक क्वियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका लागि असार २३, २४ गते र ३० गते बिदाका दिन राती ८ बजेसम्म बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको हो ।

त्यसैगरी, बैंकले असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्टका लासग अन्य बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्वियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस