
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २३ गते शनिबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस