aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज शनिबार पनि बैंकहरु खुला रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ असार २०८०
आज शनिबार पनि बैंकहरु खुला रहने

काठमाडौं । आज शनिबार भए पनि बैंकहरु खुला रहेर सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएपछि बैंकहरु खुला रहने भएका हुन् ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको छ ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस