
काठमाडौं । बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया शुरु गराए पश्चात् २०७६ साउन मसान्तसम्म कुल १७१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भई एक अर्कामा विलय भएका छन्। यसमध्ये १२८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम भएको मंगलबार नेपाल राष्ट्र बैंकले गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, कुल ७५३ स्थानीय तहमध्ये २०७६ साउनसम्म ७३७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको नेपाल राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै उल्लेख गरेको छ । २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ साउन मसान्तमा ८८०५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस