aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु बैंकद्वारा कृषकहरुलाई ४० लाख सहुलियतपुर्ण ऋण प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
प्रभु बैंकद्वारा कृषकहरुलाई ४० लाख सहुलियतपुर्ण ऋण प्रदान

काठमाडौं । प्रभु बैंक लिमिटेडले  कृषकहरुलाई सहुलियतपुर्ण ऋण प्रदान गरेको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबिच भएको सम्झौता अनुरुप बैंकले किसानहरुलाइृ ऋण प्रदान गरेको हो । 

बैंक र हेफर इन्टरनेशनल नेपालबिच गत साउन ५ युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुरुप नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा बैंकले किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको जनाएको छ ।

नुवाकोटको बट्टारमा एक कार्यक्रमबिच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, बैंकका ग्लोबल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दाहालले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । 

उनीबाट पञ्चकन्या गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई प्रभु बैंकको बट्टार शाखा कार्यालयबाट ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरेका छन् ।

उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्वधित सहकारीहरुले सहुलियतपुर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरी स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य ब्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ ।

हेफर ले ४४ जिल्लाका करिव ४ लाख पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तिय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ ।

समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० ब्त्ः सहित फराकिलोे पहुँच रहेको प्रभु बैंककले उक्त सम्झौता अनुरुप करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस