
काठमाडौं । ठूलो दुई लघुवित्तहरु मर्जपछि एकिकृत कारोबार शुरु गरेका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुरू गरेका हुन । आरएमडीसी लघुवित्तको १०० कित्ता शेयर बराबर साना किसान लघुवित्तको ८७ कित्ता शेयर स्वापमा राजी भएर दुवै लघुवित्त संस्था मर्ज भएका हुन् ।
मर्जपछि बन्ने नयाँ संस्थाको सञ्चालक समिति अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा शिवराम प्रसाद कोईराला नियुक्त भएका छन् । यस्तै, लघुवित्तको सञ्चालकमा संस्थापक समूहबाट डा बाबुकाजी थापा, जयेन्द्र विक्रम शाह र समता पन्त (भट्ट) रहेका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट उमेश लम्साल र भीमप्रसाद तिमल्सिना सञ्चालक चयन भएका छन् ।
पश्चात लघुवित्तको चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, लघुवित्तको कूल पूँजी ८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । लघुवित्त संस्थाले ७६ जिल्लाका ५५२ स्थानीय तहका लघुवित्त संस्था, साना किसान सहकारी र अन्य सहकारी गरी १ हजार ५७० साझेदार संस्थाहरुमा ४५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस