aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१७० नाघ्यो बेलायती पाउण्डको बिक्री दर, आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
१७० नाघ्यो बेलायती पाउण्डको बिक्री दर, आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३६ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस