aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रदेश र स्थानीय तहका बैंक खाता आजदेखि बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
प्रदेश र स्थानीय तहका बैंक खाता आजदेखि बन्द

काठमाडौं । प्रदेश र स्थानीय तहका बैंक खाता आजदेखि बन्द हुने भएका छन् । महालेखा नियन्त्रक कार्यालयले असार ११ गते नै सूचना जारी गरेर आजदेखि प्रदेश र स्थानीय तहका बैंक खाता बन्द गरेको हो । 

कार्यालयले प्रकाशित गरेको सूचनामा प्रदेश र स्थानीय तहका सरकारी कार्यालयले आइतबार राति १२ बजेपछि कुनै पनि रकमको भुक्तानी नहुने उल्लेख गरिएको थियो । उक्त सूचना अनुसार त्यस्ता कार्यालयहरुबाट अब एक हप्तासम्मका लागि सबै प्रकारको रकमको भुक्तानी रोकिएको छ । 

उक्त सूचनामा आइतबार राति १२ बजेसम्म काटिएका चेक आजसम्म साट्न मिले पनि आजबाट भने नयाँ चेक जारी गर्न नमिल्ने उल्लेख गरिएको छ । संघीय सरकारका कार्यालयहरुको भने बैंक खाता बन्द गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस