
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले असार २९ गतेदेखि विक्री गर्ने अवितरित हकप्रद शेयरको कित्ता सच्याएको छ । कम्पनीले असार २२ गते ११ लाख १६ हजार ६१६ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने सूचना जारी गरेको थियो । असार २५ गते पुनः सूचना जारी गर्दै अवितरित हकप्रद शेयरको संख्या ११ लाख १४ हजार ११६ दशमलव १८७ रहेको जानकारी दिएको हो ।
कम्पनीले यस अघि हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको उक्त हकप्रद शेयर साउन १२ गतेसम्मका लागि विक्री खुला गर्दैछ । यो शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस