
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ८ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १७९ रुपैयाँ ३१ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८३ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस