काठमाडौँ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो ।
एक सूचना जारी गर्दै बैंकले असार २७ देखि साउन १० गतेसम्म १४ दिने अवधिका लागि बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको जनाएको छ । कर्जा प्रवाह न्यून हुँदा लगानी योग्य रकम लगातार बढ्दै गएपछि वित्तीय बजारमा तरलता सन्तुलन राख्न बुधबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस