aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कृषि विकास बैंकबाट रकम चोरीमा बैंककै तीन कर्मचारी संलग्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
कृषि विकास बैंकबाट रकम चोरीमा बैंककै तीन कर्मचारी संलग्न

काठमाडौं । कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार करिब दुई करोड रुपैयाँ चोरी भएको घटनामा बैंककै कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ ।प्राप्त जानकारीअनुसार बैंकको सोही शाखामा कार्यरत  तीन जना कर्मचारीले आफ्नो युजरनेम र पासवर्ड अनाधिकृत व्यक्तिलाई दिई सो शाखाका सात जना ग्राहकको खाताबाट रकम ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । उनका अनुसार चोरीको घटनामा संलग्न कर्मचारीको पहिचान भइसकेकाले उनीहरु अहिले प्रहरी नियन्त्रण रहेका छन् । यस घटनाका बारेमा प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।


घटनामा संलग्न व्यक्तिाई  प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागरलगायत रहेको बताइए पनि प्रहरीले सबैको नाम खुलाएको छैन । प्रहरीले भन्यो–‘दिउसोसम्म सबैलाई सार्वजनिक गर्छौ ।’
 

प्रतिक्रिया दिनुहोस