aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले असार ३१ गतेदेखि एकिकृत कारोबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असार २०८०
आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले असार ३१ गतेदेखि एकिकृत कारोबार हुने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार ३१ गतेदेखि एकिकृत कारोबार थाल्ने भएका छन् । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । 

गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको नेपाल राष्ट्र बैंकले असार २२ गते यी कम्पनीहरूलाई प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २७ गते स्वीकृति प्राप्त गरेसँगै यी कम्पनीले एकिकृत कारोबार सुरू गर्न लागेका हुन ।

हाल राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू. २६ करोड रहेको छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख १६ हजार रहेको छ । प्राप्तिका लागि राष्ट्र उत्थान लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण चल अचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू आशा लघुवित्तले सकार्ने गरी प्रक्रिया अघि बढेको हो ।

 दुई कम्पनी एक भई आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेका हुन । प्राप्ति पछि बन्ने यस कम्पनीको केन्द्रिय कार्यालय हाल राष्ट्र उत्थान लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान बनेपा नगरपालिका –१३, काभ्रेपलाञ्चोकमा रहनेछ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस