काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर निर्धारण गर्न खुला भएको छ । हालसम्म नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो । खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् । यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ ।
नेपाल बैंकर्स संघले बिहीबार बिहान बैठक बसेर संघले तोक्दै आएको ब्याजदरबारे निर्णय गर्न सक्ने गरी सबै सदस्य बैंकलाई सुविधा दिने भएको संघका एक बोर्ड सदस्यले बताए । आउदो साउन १ गतेदेखि बैंकहरुले आफैं व्याजदर निर्धारण गर्न सक्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस