aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

गुराँस लघुवित्तको लाभांश संशोधन, बोनस घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
गुराँस लघुवित्तको लाभांश संशोधन, बोनस घट्यो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव संशोधन भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले  गत वर्षको नाफाबाट ७ दशमलव ६१ प्रतिशत बोनस  शेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ४० प्रतिशत नगद दिने प्रस्ताव गरेको छ । 
यसअघि कम्पनीले ८ दशमलव ३८७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४४१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको  थियो । कम्पनीले प्रस्तावित गरेको लाभांशका बारेमा नेपाल राष्ट्र बैंकसँग भएको छलफल र  सुझाव अनुसार लघुवित्तले लाभांश दर संशोधन गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस