
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर असोज २६ गतेदेखि बिक्री शुरु हुने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित दरका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले भदौ ३१ गतेसम्मका कायम शेयरधनीका लागि १ कित्ताबराबर २ कित्ता साधारण शेयरको अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा मंसिर १ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको हाल चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार रहेको छ । हकप्रद बाँडफाँडपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस