काठमाडौं । प्रभु बैंक लिमिटेडले कुल ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले असार २९ गते सुचना जारी गर्दै १ लाख ६८ हजार ३९९ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ४ लाख ११ हजार ४३९ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको जानकारी दिएको हो ।
बैंकले सर्वसाधारणले खरीद गर्न पाउने गरी जारी गरेको उल्लेखित शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि समेत विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेकाले अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिएको हो ।
सर्वसाधारणमा जारी भएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र र विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गरिएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूबाट यो शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा पछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस