काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ३७ पैसा र बिक्री दर १४७ रुपैयाँ ४ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ २५ पैसा र बिक्री दर १७२ रुपैयाँ ३ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १५१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस