काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सहकारी पीडितहरूले आइतबार प्रदर्शन गरेका छन् । विभिन्न सहकारी संस्थाहरुले ठगेको भन्दै सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरु गत जेठ महिनादेखि नै माइतीघर मण्डलमा धर्ना बस्दै आएका छन् । एक महिना भनदा बढी समयदेखि उनीहरु न्यायको खोजीमा रहेका छन् ।
पीडितहरूले आफ्नो बचतको रकम ठगि गर्ने सहकारी संस्थाका सञ्चालकहरुको फोटो रोखेर विरोध जनाएका छन् । आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेकाले त्यो बचतको रकम फिर्ता पाउनु पर्ने उनीहरुको माग रहेको छ ।
पिडितहरुले सहकारी रजिष्ट्रारको राजिनामा समेत माग गरेका छन् । उनीहरुले विरोधमा सहकारी रजिष्ट्रार मुर्दावाद सहकारी पीडित बचतकर्ताहरुको उत्थान गर्न नसके राजिनामा दे भन्दै प्लेकार्डसहित विरोध जनाएका छन् ।
सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए । सागै उनीहरुले सहकारी मन्त्रीको समेत फोटोसहितको प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।
उनीहरूले सहकारी पीडित बचतकर्ताको निक्षेप रकम साँवा ब्याजसहित फिर्ता हुनुपर्ने, सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, सहकारीलाई नेपाल राष्ट्र बैंकद्धारा अनुगमन नियमन गर्ने व्यवस्था गर्न समेत माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस