
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८८ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस