aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल एसबिआई बैंकलाई दुई अर्ब बराबरको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ साउन २०८०
नेपाल एसबिआई बैंकलाई दुई अर्ब बराबरको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल एसबिआई बैंक लिमिटेडलाई २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रति ऋणपत्र १ हजार रूपैयाँका दरले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार २७ गते अनुमति दिएको हो । 

यो ऋणपत्र  विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ८ लाख कित्तासर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदर बैंकले एसबिआई बैंक डिबेञ्चर २०८९ नामको ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाएको हो ।
 

प्रतिक्रिया दिनुहोस