aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज ९ गते अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश सहित गत आवको वार्षिक प्रतिवेदन पारितका लागि असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले असोज १० गतेदेखि बुक क्लोज गर्ने भएकाले असोज ९ गतेसम्म शेयर कायम गर्नु परेको हो ।
बैंकले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापुुँजी  ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रहेको छ । गत आवसम्म बैंकको वितरण योग्य नाफा रू. १ अर्ब ३२ करोड ४ लाख ५८ हजार रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस