aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बैंक चाेरी गर्ने १२ जना सार्वजनिक, मुख्य याेजनाकार भारतीय 'काले' फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
बैंक चाेरी गर्ने १२ जना सार्वजनिक, मुख्य याेजनाकार भारतीय 'काले' फरार

काठमाडाैं । कृषि विकास बैंक लुट प्रकरणमा भारतीय नागरिककाे संलग्नता रहेकाे खुलेकाे छ । प्रहरीले जनाए अनुसार 'काले' भन्ने 'पिटर' ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ। उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।

उनले  नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा 'क्रेडिन्सियल ह्याकिङ' गरेका थिए । उनकै याेजनामा रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ १२ जनाकाे बुधबार सार्वजनिक गरेको छ।

प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार चाेरी भएको छ। पानस रेमिट नयाँ बानेश्वरबाट  १२ लाख ह्याक भएको जनाएकाे छ। उनीहरुकाे साथबाट ४० लाख ५० हजार नगदसमेत बरामद गरेकाे छ। 

 

पिटरले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने गर्थे । त्यसैगरि ब्यक्ति नै पिच्छे फरक फरक दरले कमिशनकाे बार्गेनिङ गर्ने गर्दथे । प्रहरीका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिइ बाँकी रकम भारत पठाउने गरेको फेला परेको छ।

प्रहरीले हालसम्म बैकका कर्मचारीहरूकाे संलग्नतालाइ पुष्टि गर्न सकेकाे छैन । तर, राष्ट्र बैंकले भने कर्मचारीहरुको संलग्नता रहेकाे जनाउँदै अाएकाे छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले तीन जना कर्मचारीले कृषि विकास बैंकको आफ्नो युजर प्रयोग गरेर विभिन्न खातामा पैसा पठाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस