
काठमाडौं । प्राइम कमिर्सयल बैंक लिमिटेडको १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर साउन ३ गतेदेखि सर्वसाधारणमा जारी भएको छ । यो शेयरको मूल्य प्रतिकित्ता १२० रूपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनी एवम् अन्य व्यक्ति तथा संस्थाहरूले साउन १७ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
तोकिएको अवधिभित्र प्राप्त गोप्यशिलबन्दी बोलपत्र साउन १८ गते विहान ११ बजे खोलिने कार्यक्रम समेत समेत तय भैसकेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४७ रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस