aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमा बैंक र दराजबीच ‘दराज महाबचत योजनाका’ लागि सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ साउन २०८०
सानिमा बैंक र दराजबीच ‘दराज महाबचत योजनाका’ लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ । यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट पाउनेछन् । यसका साथै ग्राहकले क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु ग्रिसकेको हुने् पर्नेछ । यो योजना यहि साउन ४ गतेदेखि १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । 

प्रतिक्रिया दिनुहोस