aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सांग्रिला बैंकद्धारा प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ साउन २०८०
सांग्रिला बैंकद्धारा प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरेको छ । बैंकले मालीगाँउ काठमाडौंस्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको हो । 

त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको छ । सो कार्यक्रमकाबीच उक्त ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए ।  

यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी प्रहरी निरीक्षक सागर घलेले आफ्नो विचार राखे ।  
 

प्रतिक्रिया दिनुहोस