
काठमाडौं । नेपाल बैंक लिमिटेडको कर्जा असुली विभागले नौं जना ऋणीहरूको घरजग्गा लिलाम गर्न लागिएको जनाएको छ । नेपाल बैंक लिमिटेडको सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना जारी गर्दै समयमा कर्जा चुक्ता नगर्ने ऋणीहरूको घरजग्गा लिलाम गर्न लागेको बैंकले जनाएको हो ।
ऋण लिँदा धितोकारुपमा राखिएको घरजग्गा लिलाम हुनेहरूमा सुमार्ग हार्डवेयर एण्ड सप्लायर्स, सुमार्ग पोली इन्डष्ट्रिज, राजेश महर्जन, तोशी महर्जन, सुवेदी श्री ट्रेडर्स, न्यु धवलागिरी ट्रेडर्स, मानकुमार सुवेदी, जलजला मोटरसाइकल वर्कसप र मुकेश राउत रहेका छन् ।
यस बैंकका तपसिलका ऋणीहरूले विभिन्न शाखाबाट लिएको कर्जा अन्तर्गतको साँवा व्याज नियमित रूपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक–पटक तर ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले बैंकले लिलामीको सूचना जारी गर्न बाध्य भएको जनाएको छ । बैंकले शुक्रबार जारी गरेको सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन (अर्थात् मिति २०७०/०५/०६ गते) भित्रमा सरोकारवालाले सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न/गराउन अन्तिम मौका दिइएको छ ।
उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा उल्लेखित ऋणी (फर्मको हकमा साझेदारहरू समेत) र व्यक्तिगत जमानी दिनेलाई कालोसूचीमा नाम समावेश गर्नका लागि दिइने ३५ दिने सूचनाको म्याद समेत आजकै मितिबाट प्रारम्भ हुनेछ । साथै कर्जा सुरक्षणार्थ लेखिदिएको तपसिलमा उल्लेखित घर जग्गा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक आफैँले लिलाम बिक्री गर्ने भएकोले उक्त लिलाममा डाँक बढाबढ गरिलिन चाहने इच्छुकहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६औँ दिन (अर्थात् मिति २०८०/०५/०७ गते) उक्त दिन बिदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११ः०० बजे यस बैंकको उल्लेखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्न समेत बैंकले आह्वान गरेको छ ।
लिलाम बढाबढमा सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत रकम नगदै धरौटी स्वरूप तत्कालै सोही दिन बैंकमा जम्मा गर्नुपर्नेछ । बोलकबोल स्वीकृत रकममै बैंकले धितो सुरक्षण दिने निर्णय गरेमा त्यसको सूचना दिएको ३५ दिनभित्र कबोल गरेको रकमको बाँकी सम्पूर्ण रकम बैंकमा जम्मा गर्नुपर्नेछ । अन्यथा धरौटी बापतको रकम जफत हुनेछ। कबोल मूल्यमा लिलाम विक्री गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैंकमा सुरक्षित रहने बैंकले जनाएको छ ।
हेर्नुहोस्, बैंकको सूचना
प्रतिक्रिया दिनुहोस