aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आर्जन सहकारीका अध्यक्ष पक्राउ, ठगेका छन्‌ १२ सय बचतकर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
आर्जन सहकारीका अध्यक्ष पक्राउ, ठगेका छन्‌ १२ सय बचतकर्ता

काठमाडौं । टोखा नगरपालिका–९ स्थित सामाखुशीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका का अध्यक्ष दलबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका झण्डै १२ सय बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेका आलेलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

सहकारीका बचतकर्तामध्ये एक जनालाई आलेले केही अघि १० लाख रुपैयाँको चेक दिएका थिए । सो चेक बाउन्स भएपछि ती बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा आले पक्राउ परेका हुन् ।

लमजुङको साविक चक्रतीर्थ–५  का आलेले सहकारीका नाममा बचतकर्ताबाट रकम उठाउने र व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेको आरोप छ । सहकारीका पीडितहरुले उजुरी दिएपछि आले लगायत सञ्चालकहरूमाथि अनुसन्धान र कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई नै पत्राचार गरिसकेको छ ।

सीआइबीको निगरानीमा परेपछि आले लुकेर हिँडेका थिए । आलेले सहकारीमार्फत गरेको ठगीबारे आर्थिक न्यूजले विस्तृत समाचार प्रकाशन गरिसकेको छ ।

यो पनि :

प्रतिक्रिया दिनुहोस