aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कामना सेवाका ग्राहकले लिसारा रेस्टुरेन्टमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
कामना सेवाका ग्राहकले लिसारा रेस्टुरेन्टमा विशेष छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरुले नक्साल काठमाडौंस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने भएका हुन् । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्धहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस