aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार दिउँसो आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले आज दिउँसो सार्वजनिक गर्ने तयारी गरेको हो ।    

मौद्रिक नीति सार्वजनिक गर्नेबारे अहिले राष्ट्र बैंकमा बैठक जारी रहेकोस्रोतले जनाएको छ । केहि दिन अघि गभर्नर महाप्रसाद अधिकारीले पनि यस साताको सुरुवाती दिनमै मौद्रिक नीति ल्याउने जनाएका थिए । 

मौद्रिक नीति जारी गर्ने तयारी रहेको बताउँदै उनले एक कार्यक्रममा भनेका थिए, ‘घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो । मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौँ । बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने छ ।’ 
 

प्रतिक्रिया दिनुहोस