aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सरकारले एकैदिन १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
सरकारले एकैदिन १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौँ । सरकारले एकैदिन १२ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । साउन ९ गते ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले सरकारका लागि सो ऋण रकम उठाउन लागेको हो ।

केन्द्रीय बैंकले पुरानै २८ दिने ट्रेजरीमा ४ अर्ब र ९१ दिने ट्रेजरीमा ८ अर्ब ६० करोड रुपैयाँ नवीकरण गर्ने जानकारी दिएको छ । ट्रेजरी बिल किन्न इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन ८ गते (सोमबार) दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । ट्रेजरी बिलको बोलकबोल सोमबार नै हुने र नवीकरण साउन ९ गते हुनेछ । 

बैंकले यसअघि नै २८ दिने र ९१ दिने ट्रेजरी बिलबाट १७ अर्ब ७० करोड रुपैयाँ उठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस