aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘सर्टिफिकेट अफ मेरिट’बाट माछापुच्छ्रे बैंक सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
‘सर्टिफिकेट अफ मेरिट’बाट माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड सम्मनित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने ‘नेशनल वेष्ट प्रेजेन्ट एन्नुअल रिपोर्ट (बीपीए) अवार्ड, २०२२’बाट यो बैंक सम्मानित भएको हो । 

माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो  । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस