aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

फरक प्रकारको १०० को नयाँ नोट बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
फरक प्रकारको १०० को नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि  १०० को  नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ।  बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन ल्याएकाे हो। 

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो। 

पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस