aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनआईसी एशिया बैंकको ४ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ साउन २०८०
एनआईसी एशिया बैंकको ४ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ४ लाख कित्ता संस्थापक शेयर साउन ९ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले संस्थापक समूहमानै रहने गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

शेयरको मूल्य प्रतिकित्ता ३७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी साउन १८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट १०० रूपैयाँ भुक्तानी गरी प्राप्त गर्न सकिने जानकारी कम्पनीले दिएको छ । 

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन साउन १९ गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य ३३१ रूपैयाा ३० पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस