aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मेगा बैंकले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
मेगा बैंकले लाभांश दिने

काठमाडौं । मेगा बैंकले ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम भएको चुक्ता पूँजी रु १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ को ११ दशमलव ७५ प्रतिशतले हुन आउने बराबरको मुनाफा वितरण गर्न लागेको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले  एक अर्ब २२ करोड छ लाख ६३ हजार नगद लाभांश शेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको हो ।  । अघिल्लो आवको नाफाबाट बैंकले गत वर्ष १ प्रतिशत बोनस शेयर र ६ दशमलव ८५ प्रतिशत नगद लाभांश दिएको थियो । लाभांशको निर्णय गरेकै दिन बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति समेत गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. १० अर्ब ३८ करोड ८६ लाख २१ हजार छ । गत आवमा यस बैंकले रू. १ अर्ब ७१ करोड ९२ लाख ६९ हजार खुद नाफा गरेको थियो । वितरण योग्य नाफा रू. १ अर्ब ३५ करोड ८० लाख ७६ हजार थियो । सोही नाफाबाट बैंकले लगानीकर्ताहरुलाई लाभांश दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस