aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिटी एक्सप्रेस र ईजेड रेमिटबीच सहकार्य गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
सिटी एक्सप्रेस र ईजेड रेमिटबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी Ez Remit (BFC Bank) र सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स कारोबर सुरु भएको छ ।

कुवेत, बहराईन मलेशिया ,भारत, बेलायत लगायत विश्व भरी रहेको Ez Remit (BFC Bank) को ब्रान्च तथा एजेन्टहरु बाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछ । 

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । 

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Ez Remit (BFC Bank) को तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गर्नभएको छ । 

सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस