aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

समाज लघुवित्तले बोलायो साउन ३१ मा साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
समाज लघुवित्तले बोलायो साउन ३१ मा साधारण सभा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा साउन ३१ गते गर्ने भएको छ ।  कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा साउन ३१ गते गर्ने निर्णय गरेको हो ।

सभाले आर्थि वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन २१ गते देखि ३१ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा साउन १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस