aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमा बैंकको ‘बैंक ग्यारेन्टी’ अब अनलाइनबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
सानिमा बैंकको ‘बैंक ग्यारेन्टी’ अब अनलाइनबाट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । 

बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्न किनृछ । उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइनेछ । यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस