aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ साउन २०८०
ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक

काठमाडौं । ज्योति विकास बैंकले ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक गरेको छ ।  न्युनतम मौज्दात मात्र १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो । 

ग्राहकहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ सुपर स्मार्ट सेभिङ्ग्स बचत खाता संचालनमा ल्याइएको हो । यस खाताले ग्राहकलाई बचतसंगै आईपीओमा लगानीको सुरुवात गर्न सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउनेछन् ।     

यस बचत खातामा ग्राहकहरुले न्यूनतम १५ रुपैयाँ मौज्दातमै १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहित  पाउन सक्नेछन् । जसमा उच्चतम ७.५ प्रतिशत ब्याजदर, अन्य बैंकको एटीएमबाट महिनाको २ पटकसम्म निः शुल्क नगद निकासी, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क डेबिट कार्ड, मासिक व्याज भुक्तानी, निःशुल्क डिम्याट खाता तथा नवीकरण, निःशुल्क सि–आस्वा, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन र नवीकरण गर्न पाइनेछ । 

त्यस्तै, यस योजनामा मुद्दती खाता prematurity शुल्कमा ५० प्रतिशत छुट, वार्षिक लकर सुविधामा ५० प्रतिशत छुट तथा धितो रकममा ३० प्रतिशत छुट, निःशुल्क डलर कार्ड जारी, एफवाईसी एक्सचेञ्ज छुट/प्रिमियमः विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट/प्रिमियम मुद्दती खाता prematurity शुल्कमा ५० प्रतिशत छुट सुविधा रहेका छन् । 

सुपर स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १२१ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ । यो योजना बचत तथा लगानी संगै एउटै बचत योजनाबाट अधिकतम लाभ लिन चाहने सम्पूर्ण ग्राहकहरुका लागि उपयुक्त खाता भएको विश्वास बैंकले लिएको छ ।   
 

प्रतिक्रिया दिनुहोस