aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अब घर अफिसमा नै एक्सप्रेस डिम्याट सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
अब घर अफिसमा नै एक्सप्रेस डिम्याट सेवा

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको अवसरमा सेवा ग्राहीहरुको घर÷कार्यालयमै गई डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ । 

एन आई सी एशिया क्यापिटलले २०७६ साल बैशाख १ गतेदेखि सुरु गरेको “एक नेपाली, एक डिम्याट खाता“ अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर दैलोमा नै पुगि डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व तथा डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै “एन आई सी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा” को अभियान थालनी गरेको जनाएको छ । 

उक्त सेवा प्राप्त गर्नको लागि कम्पनीको सम्पर्क नम्बर ९८५११२२९९४ मा सोझै कल÷वा मिसकल गर्न सकिनेछ । 

साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समुह हुनुपर्नेछ । हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुनेसमेत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस