aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुम्बिनी विकास बैंकको नाफामा गिरावट, निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
लुम्बिनी विकास बैंकको नाफामा गिरावट, निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुग्यो

काठमाडौं । लुम्बिनी विकास बैंकको नाफामा गिरावट देखिएको छ ।  बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य गिरावट देखिएको छ। 

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत र खुद शुल्क तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ।

 निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४० करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।  बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। 

प्रतिक्रिया दिनुहोस