aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एक लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
एक लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको कुल १ लाख ८६० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले नागरिक लगानीकोषको १० हजार कित्ता, महुली लघुवित्तको ४ हजार ९२० कित्ता र सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४० कित्ता संस्थापक शेयर साउन १२ गतेदेखि १८ गतेसम्म आवेदन पेश गर्न सकिने गरी बिक्रीमा ल्याएको हो । 

यी शेयर खरीदका लागि कानुन बमोजिम योग्य लगानीकर्ताहरूले आवेदन पेश गर्न सक्नेछन् । नागरिक लगानी कोषको शेयरमूल्य प्रतिकित्ता १ हजार ६८ रूपैयाँ , महुली लघुवित्तको प्रतिकित्ता ३०१ रूपैयाँ र सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २६२ रूपैयाँ तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । त्यस्तै महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ । नागरिक लगानीकोषको शेयर खरीदका लागि भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तीन ओटै कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले कम्पनीहरूले साउन १२ गतेपछि घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने बताईएको छ । तीन ओटै कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस