aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कामना सेवा विकास बैंकको ५७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
कामना सेवा विकास बैंकको ५७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । 

धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयरमूल्य प्रतिकित्ता १५६ रूपैयाँ रहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस