aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुमारी बैंकको ४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ साउन २०८०
कुमारी बैंकको ४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंकको ४ हजार ७१८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरिएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा आवेदन प्राप्त नभएकाले सर्वसाधरणमा विक्री गर्न लागिएको हो । बैंकले डिल बहादुर बंशी मगरको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । 

यो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने उल्लेख गर्दै कम्पनीले मूल्य भने खुलाएको छैन् । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा प्रधान कार्यालय टंगाल , काठमाडौंमा आवेदन पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस