aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छिमेक लघुवित्तको नाफा २८ करोडले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
छिमेक लघुवित्तको नाफा २८ करोडले बढ्यो

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ६४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा २८ करोड ४८ लाख रुपैयाँ अर्थात ७९ दशमलव ५२ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ३५ करोड ८१ लाख कमाएको थियो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको छिमेक ( Chhimek Laghubitta Bittiya Sanstha Ltd.) ले जगेडाकोषमा १ अर्ब ८१ करोड १४ लाख रुपैयाँ छुटाएको छ । 

छिमेकले निक्षेपमा १३ अर्ब ९० करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १८ दशमलव ७६ प्रतिशतले वृद्धि गरी १९ अर्ब १५ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । 

छिमेक लघुवित्तको खुद ब्याज आम्दानी ३५ दशमलव ५३ प्रतिशतले बढेर १ अर्ब २३ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७४ दशमलव १९ प्रतिशतले बढेर ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । 

छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ८५ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४१० दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ २८१ दशमलव १४ रुपैयाँ, तरलता अनुपात २० दशमलव ५४ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत र जोखिम युक्त सम्पत्ति १४ दशमलव ३१ प्रतिशत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस